February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

प्यारो घर

प्रनिशा रेग्मी
कक्षा : २
ई .पि.एस स्कुल, मिनभवन, काठमान्डौ

मेरो सानो घर
चिटिक्क परेको
वल्लोपल्लो घरभन्दा
अलि माथि सरेको ।
 
वरिपरि फूलबारी
जताततै हरियाली
हेर्दा सारै राम्रो
प्यारो लाग्छ घर हाम्रो ।
 
कोरोना भगाउने
घरभित्रै  रमाउने
हातमुख धुन्छु म
घरैभित्र बस्छु म ।