प्रेम गीत
गाऊ न गीत, सजाऊ धर्ती, आकाश रङ्गाऊ
मनमा मेरो, अप्सरा नाच्दी, कविता म गाऊँ ।
जाऊ न जाऊ, ल्याऊ न कालो, गाजल ए ल्याऊ
निधार छेउ, लगाऊ टीका, आँखा त नलाऊ ।
चरण पर्यो प्रेमको आज दिलका माझमा
पर्देशी आयो बासका लागि घरमा साँझमा ।
धड्कन मेरो बढेको हो कि देखेर त्यो मन
बाटुलो टीका, गाजल उस्तै खुलेको वदन ।
मनको प्रेम, झल्कियो आज, कसैका आँखामा
प्रेमको गीत सुन न साथी झ्याउरे भाकामा ।
प्रेमको बीउ मनमा बोकी बोलेमा कविता
बग्छ कि साथी जसरी बग्छिन् सलल सरिता ।।
भुरुरु उड्ने यादमा सधैँ मन भो पुतली
एकान्त वन मधुर बोली गाउने कोइली ।
पौडिन खोज्छ यो मन सधैँ कसैको यादमा
टोलाई हेर्छ चन्द्रमा मलाई दिनहुँ साँझमा ।।
लेखकको सम्वन्धमा