नवसिर्जनाको अपेक्षा
हे मानव् अब गर्न छोड अभिमान् मै जान्नि सुन्ने भनी
साच्चै मानिसमा छ विश्वप्रति क्यै आस्था भने यो घडी ।
सिर्जन् गर्न पर्यो जुटाइ तागत सबै मृत्युञ्जयी ओखति
छिट्टै गर्न पर्यो निदान अबता विच्छिप्त भो जिन्दगी ।
खायो कर्म र ध्यान ज्ञान नि सबै उद्योग खायो कति
खायो मानिसको रगत् र पसिना खायो अभीमान् पनि ।
खाँदै राक्षसको गरेर नियती हुङ्कार गर्दै छ त्यो
कोरोना भनिने यो वीष कहिले निर्मूल हूने र पो ।।
जाला सङ्कट विश्वबाट कहिले होला उज्यालो दिन
लाग्ला घाम नछेकि मेघहरूले फुल्लान् सबै सिर्जन
मिल्ला मानवमा नवीनपनको पीयूषको सिञ्चन ।
सन्सारैभरिबाट भाइरसको जाला अँध्यारो कण ।।
आऊला दिन शान्तिको जगतमा सारा अँध्यारो हटी
बन्धक् भै गृह जेलमा जति जना छन् बस्न बाध्यै बनी ।
उड्लान् पन्छिहरू सरी गगनमा बिर्सेर चिन्ता जति
पालूवा नव सिर्जना भइ सबै फुल्लान् बगैँचा भरि ।।
लेखकको सम्वन्धमा