May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

लिपु लेक हाम्रै हो

पेशल अधिकारी


नेपाली अब जुटेनौँ भने गोर्खाली रहन्नौँ
काला है पानी लिपु हो हाम्रै भन्न नि पाउन्नौँ।
 
लिम्पिया धुरा हरायो कहाँ नक्सामा नभए
छाड्दैन अब छिमेकीले नि दबाब नपाए ।
 
यी हाम्रा नेता बिकेकी के हो भारती पैसामा
पुर्खाको त्याग बिर्सेर पक्कै उडाए ऐसमा।
 
 टाले पो क्यारे तिनको मुख छैनन् नि बोलेका
 नसुनीकन कानमा तेल छन् कि पो हालेका।
 
जनता हामी धन्न पो गर्छौं आफूले जानेको
‘गो ब्याक इन्ड्या’ कति भो लेखी फेस्बुकाँ हालेको।
 
ए मोदी तिमी देशमा मेरो नगर दखल
सुगौली सन्धि के पो छ लेख्या ‘ग्रेटर नेपाल’।
 
लौ अब बुझौं जागेर उठौँ आआफ्ना ठाँउमै
काला है पानी लिम्पिया धुरा लिपु नि हो हाम्रै ।