April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

गजल

भबिन बस्याल

मलाई छोडी अन्तै घरबार जोड्यौ भन्ने सुनेको छु
सँगै जिउने बाचा कसम तोड्यौ भन्ने सुनेको छु ।

‘तिम्रै हातको सिन्दुर पोते पहिरिन्छु’ भन्नेले
आखिर घुम्टो अर्कैको ओड्यौ भन्ने सुनेको छु ।

‘तिमीबिना एकपल जिउन सक्दिनँ म’ भन्नेले
बीच बाटामा अन्तै पाइला मोड्यौ भन्ने सुनेको छु ।

फूलका बोटलाई मलजल गरी फुलाउँछु भन्नेले
आज फेरि रेसम टिप्यौ भन्ने सुनेको छ ।

संसारमा धनभन्दा माया ठुलो भन्नेले
गरिब ठानी अहिले मलाई छाड्यौ भन्ने सुनेको छ ।