May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

देश र अस्मिता

नेत्रबहादुर श्रेष्ठ

रोटीबेटीको सम्बन्ध
कहिले गौतम बुद्धमा
 कहिले सगरमाथामा
आएर ठोकिन्छ
बारम्बार बारम्बार ।
 
थाहा छैन देश
कहाँ छ ?
पूर्वमा छ कि पश्चिममा ?
मनमा छ कि मुटुमा ?
सीमा रेखाहरू
मेटिन्छ्न्
नेपाल आमाका
हस्तरेखाहरूमा ।
नागरिकहरू
छट्पटाएका छन्
कहिले नाकाबन्दीमा
 कहिले हक र अधिकारमा ।
 
आज देशले
खोजेको छ
सहिदहरूलाई अनि
पृथ्वीनारायण शाह
अमरसिंह थापा
 बलभद्र कुँवर
र खोजेको छ
रक्षा गर्न नेपाल आमा
सीता बनी आफ्नो
 भविष्य बचाउन
अस्मिता बचाउन ।