October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

गजल

ऋषिरञ्जन बैठा

दिल बेचियो भने मन बेचियो भने
आफ्नै मुटु अनि धड्कन बेचियो भने ।
 
के माया गर्नेहरू पत्याइरहलान् र,
मुनाको हातबाट मदन बेचियो भने ।
 
यो सरकार के विश्वास गरिरहनु,
आज सिमाना भोलो वतन बेचियो।
 
कसम खाई ऊ प्रेम गरौँ त भन्छ
यता मन उता तन बेचियो भने।