February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

गजल

सजल धारापाने


अझै देश मेरो कथाले लुटिन्छ
भँजाएर सत्ता मजाले लुटिन्छ।।
 
स्वयं तुच्छ मान्छे बनेछन् जगत्मा
खुसी जिन्दगीको नसाले लुटिन्छ।।
 
सबै धर्ममा छन् अनेकौं गुनासा
दुराचार जाग्ने छटाले लुटिन्छ।।
 
महापाप छोप्दै अहङ्कार गर्दा
अहिंसा अनौठो दफाले लुटिन्छ।।
 
सयौं स्वार्थ बोक्ने नयाँ चेतनामा
अनायास आफ्नै सखाले लुटिन्छ