December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

बुद्ध र विश्वशान्ति

शौरव शर्मा

राज्यभोग त्यागी, सन्यासी बनी, लुम्बिनी चिनाउनुभो, 
चेतना श्रेष्ठ, हासिल गरी, सगरमाथा टल्काउनुभो।
अध्यात्म ज्ञान, विश्वमा फैलाई, “एसियाली ज्योती ”  कहलिनुभो, 
गौतम ऋषि, बुद्ध बनी, नेपाल चिनाउनुभो।  

लुम्बिनीदेखि श्रीलङकासम्म, तिब्बदेखि ताइवानसम्म, ज्ञान फैलाउनुभो,   
प्राचीनदेखि छिमेकी चीनसम्म सभ्य-शान्त बनाउनुभो।
“बुद्धम् शरणम् गच्छामी, धर्मम् शरणम् गच्छामी, शङघम् शरणम् गच्छामी”
यो मूल मन्त्र बुद्धले मानव जातलाई दिनुभो। 

मनको इच्छा, नहोस् दुःख, सुख रहिरहोस्,
मनको तृष्णा, भोजन, काम र धन नघटोस्। 
तृष्णा   हाम्रा, खरानीसँगै उड्नेछ आकाशमा, 
जीवन हाम्रो, हुनेछ व्यर्थ, बुद्धपथ नहिँडेमा। 

प्रकृति प्रेम, मध्यम मार्ग जीवनमा अङ्गाली, 
बुद्धका चार सत्य स्विकारी, आठ पथमा हिँडी।
जीवन चक्रको आ-आफ्नो पीडा निवारण गरौँ,
सुख र दुःखबीचको पथ “आनन्द” प्राप्त गरौँ।

एक हौँ हामी, मानव जात, विभेद हटाऔँ,  
समान दृष्टि, सद्भावसाथ सर्वप्राणी हेरौँ। 
पीडा पीडाझैँ, आनन्द अद्वितीय, आफ्नै प्रकृतिको, 
मनको शान्ति, आधार शान्त-सुन्दर विश्वको।