September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

अहिलेका सन्दर्भमा अनलाइन शिक्षा

परासर भट्टराई

अहिले नेपाल सरकारका साझेदारी, सामुदायिक तथा निजी संस्थागत विधालयहरूमा अनलाइन शिक्षा दिने भनेर होडबाजी चलेको छ । लामो समयको लकडाउनले अक्रान्त बनेका नेपाली जनता फेरि अनलइन शिक्षाका नामले मारमा परेका छन् । एकातिर विधालयहरूको अस्वस्थ प्रतिस्पर्धाले मारमा परेका अभिभावकप्रति राज्यले ठोस निर्णय गर्न सकिरहेको छैन।

नेपाली जनता आफैँमा परनिर्भर तथा गरिबीको चपेटामा छन् । वैदेशिक परनिर्भरता त छँदैछ । त्यसमाथि एक जनाको कमाइले परिवार पाल्नुपर्ने तथा राज्यले स्वास्थ्य तथा शिक्षामा गरेको निजीकरणको व्यवस्थाले कमाइको एक भाग पनि बचाउन सक्ने अवस्था छैन । सदाबहार बिहान बेलुका के खाऊँ र केले छाक टारौँ भन्ने समस्यामा परेका नेपाली जनताले कतिसम्म अनलाइन शिक्षा लिन सक्लान् भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

 तत्कालीन अवस्थामा समाधान के हो त ?

यदि राज्य सबै नेपाली जनतालाई समान शिक्षा नीति अपनाउँन तयार छ भने विभिन्न विकल्पहरु देख्न सकिन्छ ।

 क) अनलाइन शिक्षा गरिरहेका सबै विद्यालयलाई प्रतिबन्ध लगाउन हिम्मत गर्नुपर्छ ।

ख) लकडाउन अवधिभर नपढाइएकाले बच्चामा पर्न जाने मानसिक प्रभावलाई ध्यानमा राखी टिभी, रेडियो तथा अन्य सञ्चार माध्यममा शैक्षणिक गतिविधि बढाउनु पर्दछ।

ग) अहिले लकडाउनले पर्ने असरलाई ध्यान दिँदै सरकारले वार्षिक शैक्षिक क्यालेन्डर निर्माणमा विचार पर्याउन सक्नु पदॅछ ।

घ) अनलाइन शिक्षा राज्यले दिने भएमा सबै निःशुल्क अध्ययनको प्रावधान राखिनुपर्दछ ताकि अभिभावकमा थप आर्थिक भार नपरोस् ।

ङ) अनलाइन शिक्षाका लागि सबै जनतालाई चौबिसै घण्टा निःशुल्क सेवा दिने गरी नेट जडान गरिदिने र एक घर एक ल्यापटप निःशुल्क प्रदान गरिनुपर्दछ। अन्यथा नेपाली जनतालाई झुक्याएर जुनसुकै तबरबाट पनि शोषण गरिने प्रथाको अन्त्य नगरे समान शिक्षा : नेपाली जनता भन्नुले केही अर्थ राख्ने छैन। सबैलाई चेतना भया ।