March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

शान्ति छैन कतै !

कृष्णगोपाल शर्मा

आयो वर्ष नयाँ ल हुन्छ कि भनुँ सूशान्तिको शासन
बिर्सीयोस् गत सालको जगतलका आतङ्कको कम्पन
पाऊन् बस्न सबैजना मिलिजुली स्वद्योग खोलीकन
पाओस् हाँस्न र रम्न विश्वभरिले चिन्ता नओढीकन ।

निल्छू विश्व सबै भनी जगतमा डुल्दै छ सङ्क्रामक
‘कोरोना’  भनि नाम न्वारान भयो छिट्टै भयो चर्चित
आयो वर्ष नयाँ त जान्छ कि अझै बढ्ने हो यो त्रासदी
भन्ने पीर लिँदालिँदै मनमाहाँ झन् झाँङ्गियो बेसरी ।

डुल्दै विश्व सबै नछोडीकन क्वै ठाउँ, सहर, देश नै
जो जो आउँछ यो नजिक यसको गर्दै उसैको खति
हिँड्दै ऊ बहुलाइ ‘निल्छु म सबै’ भन्दै अनी गर्जिदैँ
शान्ती छैन कतै पनि जगतभर् सर्वत्र चिन्ता यही ।