नक्सा
कति अठोट गर्दैछु
हाम्रो नक्सा बनाउन
कति प्रयत्न गरेर बस्छु
सुन्दर नक्सा खिच्न
तर अहँ ! सक्दिनँ
पटक्क सक्दिनँ किनकि
नक्सामा मैले यहाँका
चाँप र गुराँस राख्ने ठाउँ पाइनँ
जङ्गल विशालताको स्थान पाइनँ
के, कसलाई यहाँ राख्ने
निर्णय गर्न सकिनँ, किनकि
नेपाली चोली र चौबन्दी
नाट्यशालामा बन्द छ
यहाँको दौरा–सुरुवाल
गन्जिभित्रै सीमित छ
कसलाई यी लुगाहरू लगाई
मैले नक्सा बनाउनु ?
कसलाई यी अमूल्य वस्तु पहिर्याई
मैले आफ्नो बनाउनु
हामीबीचको न्यानो माया
ठाडो हुँदै जाँदै छ
गँगटाको चेप्ने बानी
घरी घरी पलाउँदै छ
सुकिसक्यो यहाँको माटो
हिमाल दूर जाँदै छ
मैले एक्लो महसुस गर्दा
अस्तित्व समाप्त हुँदै छ ।
लेखकको सम्वन्धमा