March 23, 2023, Thursday
२०७९ चैत्र ९, बिहीबार

अरिकल इभेन्ट‌स्‌का बुढाथोकीद्वारा अप्ठेरोमा परेकालाई निःशुल्क भोजनको व्यवस्था

काठमाडौं, वैशाख १७ (झरना सञ्चार)

राजधानीको नारायणगोपाल चोकस्थित अरिकल इभेन्ट्स् प्रालिका प्रोप्राइटर होमबहादुर बुढाथोकीले लकडाउनका कारण भोकभोकै परेका मजदुर र पैदलयात्रुलाई निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।

प्रो.बुढाथोकी ( बाँया ) खाना बाँड्दै

उनले वैशाख ९ गतेबाट लगातार दिनको हजारदेखि पन्ध्र सय जनासम्मलाई प्याकिङ खाना खुवाइरहेको जानकारी दिएका छन् ।

‘लकडाउनका कारण रोजगारी गुमाएका ज्यालादारी गरेर दैनिक जीविका चलाउने उपत्यकाका मजदुरलाई हाम्रो संस्थाले निःशुल्क भोजनको व्यवस्था गरिरहेको छ,’ बुढाथोकीले भने । आफूले सुरु गरेको खाना वितरण अभियानमा पछि मोहन ढकाल, यज्ञ न्यौपाने, दीपक न्यौपाने, सुरेन्द्र सिंहसमेत जोडिएर निरन्तर आर्थिक सहयोग गरिरहेको उनले जानकारी दिए ।

निःशुल्क भोजन अभियानमा काठमाडौं महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष दीपक केसी र टोखा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष जगन्नाथ ढकालले प्रत्येक दिन सक्रिय सहयोग गरिरहेको बुढाथोकीले जानकारी दिए ।