January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

गजल

ऋषिरञ्जन बैठा

अखण्ड प्रदेश हैन, अखण्ड देश हुनुपर्छ
नेपालभित्रै अट्नसक्ने मधेस हुनुपर्छ ।

मधेसी, पहाडी र हिमाली सम्पूर्णलाई
एउटै सूत्रमा बाँध्ने बलियो लेस हुनुपर्छ ।

पहाड र हिमाल त देशका खम्बा हुन्
खम्बाहरू अड्याउन तराई बेस हुनुपर्छ ।

ढिँडो, रोटो र भात जेसुकै खाऊँ हामी
नेपाली सबैको एउटै साझा भेष हुनुपर्छ ।

जतिसुकै भागबण्डा गरे पनि केही छैन
अन्त्यमा हाम्रो नेपाल सिङ्गो शेष हुनुपर्छ ।