April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार

 युवा पिकासोद्वारा पुस्तक विमोचन तथा अन्तर्राष्ट्रिय बालचित्रकला प्रदर्शनी सम्पन्न

काठमाडौंमा योङ पिकासोले एक पुस्तक विमोचन र अन्तर्राष्ट्रिय बालचित्रकला प्रदर्शनी आयोजना गरेको थियो। यस कार्यक्रममा “एड्भेन्चर विथ इन वन माइन्ड” नामक पुस्तक विमोचन गरिएको थियो। प्रमुख अतिथिका रूपमा वरिष्ठ चित्रकार केजी रञ्जित उपस्थित थिए।

कार्यक्रममा बिके श्रेष्ठ, राधेश्याम मुल्मी, बाबुराजा देउला, मिरा श्रेष्ठ, आशिर्या देशार, रमेशराज पौडेल, सुरेश लाखे, प्रेम श्रेष्ठ जस्ता व्यक्तित्वहरू उपस्थित थिए। कार्यक्रमको सुरुवात अतिथिहरूलाई आसन ग्रहण गराई गरिएको थियो र अजरमान जोशीले स्वागत मन्तव्य दिएका थिए।

पुस्तकका विषयमा साहित्यकार सोमनाथ दाहाल र आरएम डङ्गोलले विवेचना प्रस्तुत गरेका थिए। पुस्तकलाई बिके श्रेष्ठ, प्रेम श्रेष्ठ, राधेश्याम मुल्मी, आशिर्या देशार, र अजय देशारले संयुक्त रूपमा विमोचन गरेका थिए। लेखक आशिर्या देशारले पुस्तक लेखनको अनुभव र यसको उद्देश्यबारे आफ्नो धारणा व्यक्त गरिन्।

कार्यक्रममा बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। बिके श्रेष्ठ र सभापति अजय देशारले मन्तव्य राख्दै यस्ता कार्यक्रमले बालप्रतिभाको विकासमा टेवा पुग्ने बताएका थिए। अन्त्यमा राधेश्याम मुल्मीले क्यानभासमा पेन्टिङ गरी  चित्रकला प्रदर्शनीको उद्घाटन गरेका थिए र कार्यक्रम चियापानसँगै समापन गरिएको थियो।