एमालेको ११औँ महाधिवेशनमा युवा इन्जिनियरको उर्जाशील उपस्थिति

नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा इन्जिनियर तथा बौद्धिक युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ। १३ गते सम्पन्न अधिवेशन प्रतिनिधि छनोटको प्रारम्भिक तथ्याङ्कअनुसार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन मार्फत इ. राजन थापा, इ. अम्विका महत, ओखलढुंगाबाट राजिव कटुवाल, काठमाडौंबाट पूर्ण तन्डुकारलगायतका युवा इन्जिनियरहरू प्रतिनिधिका रूपमा चयन भएका छन्।


युवा पेशेवरहरूको बढ्दो संलग्नताले पार्टीभित्र नयाँ ऊर्जा, वैचारिक स्पष्टता र प्रविधिमैत्री सोचको विस्तार भइरहेको पार्टी नेताहरूको भनाइ छ।


त्यस्तै, अखिल युवा सङ्घबाट पनि उल्लेख्य सङ्ख्यामा बौद्धिक तथा सक्रिया युवाहरू प्रतिनिधित्वमा चयन भएका छन्। यी दुवै समूहको सक्रियताले आगामी महाधिवेशनमा एमालेभित्र युवाको बर्चस्व र निर्णायक भूमिका झनै मजबुत हुँदै जाने सङ्केत दिएको छ।


पार्टीभित्रको नेतृत्व संरचनामा युवाको तीव्र उपस्थितिले भविष्यमा नीति निर्माणदेखि सङ्गठन विस्तारसम्म नयाँ पुस्ताको अग्रभूमि देखिने विश्लेषकहरूको भनाइ छ।