May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार

मेरो मायालाई मैले…

मेरो मायालाई मैले कसरी व्यक्त गरूँ
यो सपना हो कि विपना हो के गरूँ

किन किन मैले टाढा टाढा जानु छ
यो नदीको किनारमा भेटौँला आशा छ
तिम्रो दिलमा बस्‍न मैले धेरै समय कुर्नु छ    
कोमल मनमा प्रीतिको फूल फुलाउनु छ

म कसरी भनूँ जीवन कसरी बितेको छ 
किन किन मैले टाढा टाढा जानुपर्छ
मेरो मायालाई मैले कसरी व्यक्त गरूँ   
यो सपना हो कि विपना हो के गरूँ !