June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

रुन्छ मन

सृष्टिको एक सुन्दर उपज म शोभा छरी बस्दथेँ
तीव्र, शान्त र सबल रूप अति आभा  बनी पस्दथेँ
स्वच्छ, सुन्दर, सकल अप्सरा फूलकी थिएँ वन
हेप्यौ आज मनुज कष्ट जो दियौ बिस्टा सरी नै किन ?

हेर्दा सदा विकल रूप रमिता व्यथाले च्याप्छ झन
लेदो परी डुब्छु यस धरणीमा रुन्छ सदा झैँ मन
अत्याचार, हिंसा जति सब पच्यो अन्याय ती पचेनन्
खोस्यौ अस्तित्व मेरो परिचयको न्याय दिने भएनन् ।

थुन्यौ मेरा सरल सब सरिता बाँध नै बाँधीकन
थुत्यौ मेरा शीतल सिप रचना बाधा लाख दिईकन
रम्यौ तिमी हार मेरा बजिरहे छरपस्ट धर्तीमा
बन्नेछु एक विशाल प्रगति म दियो बनी सर्वमा ।