June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार

गजल

अनेक पद्धति खोज्दै छ विश्व उपचारका लागि
ल्याउनु छ अनेक उपाय ओखती बजारका लागि ।।

आविष्कार अनेक हुन्छ पद्धति नि हजार यहाँ
हामी मात्र खोज्‍न सक्छौँ औषधी संसारका लागि ।।

मात्रा सबै मिलाएर बनाउनु पर्ने फरक-फरक
काम गरोस् भनी छिनमै पर्ने हतारका लागि ।।

औषधी एक, काम अनेक माग गर्दछ विश्व
हुने गर्छ नयाँ खोजी नयाँ आउने बिमारका लागि ।।

राज्यले नि प्रोत्साहन गर्नुपर्छ अब हाम्रो
हामी नै हौँ चाप धान्ने देशमा ओखतीका लागि ।।