April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार

छटपटी

फिल्म रिलिज गर्ने बेला
निर्माता, निर्देशकलाई
छोरा जन्माउने बेला आमालाई
छोरी अन्माउने बेला बाबुलाई

परीक्षाको सम्मुखमा विद्यार्थीलाई
धान काट्ने बेला किसानलाई
अँधेरी रातमा बटुवालाई
बलिमा चढेको बेला पशुलाई

अपरेसन थिएटरमा बिरामीलाई
मृत्युदण्डको मुखौटो
पहिरिएपछि दोषीलाई
जुन छट्पटाहट पैदा हुन्छ नि
त्यो भन्दा धेरै छट्पटी
तिमीसँग छुटिँदा
मलाई हुन्छ ।