June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार

प्रिय शिक्षक !

जीवन‌को मध्य अवस्थादेखि नै
शिक्षाको उर्वरा भर्न थाल्यौ
पाठशालाका कक्षा कोठाहरूमा
अक्षर अक्षरका बेर्ना उमार्यौ
सुन्दर बगैंचाको माली बनेर
सबैलाई मनपर्ने फूल फुलायौ
आफ्नो भोक, प्यास र अभाव बिर्सेर
लाखौँलाख अवसरै अवसरहरू
विद्यालयका कक्षाकोठामा सुम्पियौ
दुःख अभाव र तिरस्कारहरूले घोचिरहँदा पनि
अक्षरहरू उमार्दै गोडमेल गरिरह्यौ
आफ्नो कर्तव्य बोध गर्दै
आफ्ना रहरहरू निमोठ्यौ
उदार मनको धनी बनी
विपतमा पनि सतिसाल झैँ खडा भयौ
अभावको लर्को समस्याको चाङमा परी
कहिल्यै विचलित नबनी
प्रिय शिक्षक ! तिमी सधैँ
प्रेरणाको स्रोत बनिरह्यौ ।