मातातीर्थ औंसीमा

तिम्रो हसिँलो मुहारको परिकल्पना म
तिमीले मलाई लगाएका देनबाट गर्छु
तिम्रो हविश्य मनको परोपकार म
तिमीले मेरा लागि गरेको दुखबाट गर्छु ।।
आहारा उत्सर्जित गरी खुवायौ मलाई
तिमीबाटै अगलबगलमा जितको आभास गर्छु
वियोगान्त जीवनको परिभाषा दिई मलाई
तिम्रा सत्कर्मलाई सदैव पछ्याउँने म गर्छु ।।
कुकर्मलाई त्यागी हारमा हाैसिन सिकाउँछ्यौ
तिमीबाटै अस्तित्वको आभास पाउने गर्छु
लुकाई आँसु मिहिनेत गर्छ्यौ दिनरात
तिमीबाट अटुट स्नेहको पाठ म गर्छु ।।
कति सुशील,कुशल माता रहेछिन्
तिनकै अनुजीवीमा जीवन धान्ने गर्छु
शोक,पीडा कैयौँ मनमा रहेछन्
सन्तान रही हरमनोकामना पूरा गर्छु ।।
असीमित मायामोह तिम्रा लागि नगण्य छ
तिम्रा संस्कार हरबखत अवलोकन गर्छु
अपरिमेय शुभकामना तिमीलाई मातातीर्थ औंसीमा
दुई हात जोडी कोटीकोटी नमन म गर्छु ।।

लेखकको सम्वन्धमा