June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार

गजल

हेर्दा यी  आँखाका  आँसु पानी  जस्ताे  लाग्ला
बाेलचाल नभ’काे धेरै भाे  बिरानी जस्तो लाग्ला।

बितेका दिनरात सम्झिँदा कहाली लागेर आउँछ 
सुनाउँदा  विगतका  कुरा  कहानी जस्ताे लाग्ला।

ऋणमा  डुबेर  बनाएकाे  ठुलै  घर छ  सहरमा 
अरूका  नजरले  देख्दा खान्दानी जस्ताे लाग्ला।

मेरा आँसुकाे  एकएक  कथा  सुनेकाे  छ  यसले
सायद अरूलाई त याे एउटा  सिरनी जस्ताे लाग्ला।