May 31, 2026, Sunday
२०८३ जेष्ठ १७, आईतवार

को छ ?

नसुती सपना देखिन्न भन्छन्
सपनामा सुत्ने को छ?
नमरी श्वर्ग देखिन्न भन्छन्
आएर भन्ने को छ?
जिउँदा लासहरू असरल्ल यहाँ
जिउँदा भनाउँदा को छ?
देउता पुजिन्छ देउता यहाँ
दानव पुजिने को छ?
लिएर जान्छ सबैलाई कात्रो
हाल्ने गोजी पो काँ छ?  
लिएर प्रश्न केशर महल
बगेर आज बागमती मल
भएर बुच्चो देखेर चुच्चो
हराएको मेरो देश
खोज्ने याँ को छ?