दुई मुक्तक

१
हार र जितको गास हो जीवन
दुःख सुखको समास हो जीवन
जन्मदेखि मृत्युसम्मको सासको आस हो जीवन
बहुमूल्य अनुपम उपहार खास हो जीवन ।
२
मुटु त सबैसँग हुन्छ तर भावना फरक
मस्तिष्क सबैसँग हुन्छ तर सोचाइ अलग
तिम्रो सोचाइ र बुझाइ जस्तै अरूको हुँदैन
तिम्रा भावहरूले सबैलाई छुन्छ भन्ने हुँदैन ।

लेखकको सम्वन्धमा