गुरु

 ज्ञान पाएँ मैले
हौसला  पनि पाएँ,
वर्षौं साथ पाए मैले
महत्तव बुझेँ अहिले।
 
थाह पाउँदिनथेँ म
अहिले बुझ्दैछु म,
धेरै प्रश्न आए मनमा
सम्झिदाँ गुरु ध्यानमा।
 
हिँड्दै रहेछु अन्धकार मार्गमा
बिना गुरुका भरमा,
बाटो भुलेकी रहेछु मैले पहिले
बाटो देखाउनुभो गुरुले अहिले।
 
'हिमालझैँ रहनु अटल भैकन
समुद्रझैँ गम्भीर
सूर्यझैँ व्यापक हुनु' भनी
दिनुहन्छ गुरु आशीर्वाद पनि।
 
HAPPY TEACHERS DAY