June 3, 2026, Wednesday
२०८३ जेष्ठ २१, बिहीबार

नमजाको कथा जिन्दगी

साइमोन पङकज

रोएको  रात अनि भनेको  बात भुलेसि
दिएको  साथ अनि आफ्नै हात भुलेसि
आज  नमजाको  कथा  भएछ  यो  जिन्दगी ।

के  लाग्छ  र  कस्को  न  तिम्रो  न  मेरो
हो म असल छु तिमीले भनेझैँ 
तर आज किन फेरि तिम्रै नजरमा जाली भएसि
तिमीले सबै बाचा अनि बन्धन भुलेसि
आफ्नै मायाको गाथा अनि ब्यथा भुलेसि
आज फेरि नमजाको कथा भएछ यो जिन्दगी ।

शिशिरको उजाडसँगै वशन्तको नवीनताको कथा भुलेसि
के लाग्छ र जिन्दगीमा आफ्नै हिँड्ने बाटो  भुलेसि
दुनियाँलाई के थाहा उतार र चढाबको कथा
आफ्नै सङघर्षसँगको मित्रताको नाता भुलेसि
न त कोही बाँच्न सक्छ न त मर्न
आफ्नै प्रकृतिसँगको साथ भुलेसि
आफ्नै साँचिराखेको बुद्धि फेरि डढेर धुँवा भएसि
आफ्नै जीवन यँहा खाली खाली भएसि
आज फेरि नमजाको कथा भएछ यो जिन्दगी
आज फेरि नमजाको कथा भएछ यो जिन्दगी।