July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार

तिमीलाई खोजेँ

गिता नहर्की

अदृश्य झङ्कारमा मैले तिमीलाई खोजेँ
मिराकलमा खोजेँ अनि बादलसँग सोधेँ
कस्तूरीले आफ्नै सुगन्ध खोजेझैँ खोजेँ
तिमी हराइरहेका थियौ मैले छटपटाहटमा सोधेँ
तिमीमा अझै निश्छलता छाउँदै थियो
अनि मैले सूर्यको तेज प्रतापभित्र खोजेँ
ओहो ! मिर्मिरेले आई भन्यो-
तिमी मसँगै छौ
मलाई भान भयो तिमी केबल
आफूभित्रै हराएका छौ
अनि त मैले तिमीलाई विश्वासमा खोजेँ
मिठो माया चोखो भावना
यथार्थ अनि सत्यको खोजी गरी
जीवन जिउन आफैँलाई रोजे
आफूभित्र तिमीलाई खोजेँ ।