हजुरआमाको सम्झना

तपाईं केटाकेटीलाई सोध्नुहोस् कि कसले उनीहरूलाई सबैभन्दा बढी पुल्पुल्याउने गर्दछन् । धेरैजसो उनीहरूले हजुरबा, हजुरआमाको कुरा भन्छन्। त्यस्तै गरी हजुरबा, हजुरआमाका लागि उनीहरू पनि उस्तै हुन्छन् । आफ्ना हजुरबा हजुरआमाले माया गर्छन्। उनीहरूले हामीलाई बिनासर्त प्रेम गर्दछन् र अन्तहीन लाड गर्छन्। यद्यपि तिनीहरूले हाम्रा गल्तीहरू पनि सच्याउँदछन् र आवश्यक परेको खण्डमा हामीलाई हप्काउँछन्। यसैले हामी देख्छौं हजुरबा हजुरआमाहरू कसरी ठुलो आशिष् हुन् । सबै जना यस्तो अवसर प्राप्त गर्ने भाग्यशाली हुँदैनन्।
म हजुरआमालाई हाम्रो जीवनमा साँच्चै एक आशीर्वाद सम्झन्छु। हजुरआमाले नै हाम्रा बाबुआमालाई बुद्धिमान् र इमान्दार बनाउनुहुन्छ । उहाँहरू हाम्रा आमाबुबालाई पालनपोषण गर्नुहुन्छ । त्यसैकारणले हाम्रा आमाबुबाले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ । हाम्रा बुवा, हजुरबा, हजुरआमाले बच्चाझैं गरेको व्यवहारले हामीलाई हेरचाह गर्दछ। यसबाहेक हजुरआमा तपाईंको समर्थन प्रणाली हुन्। तिनीहरू कहिलेकाँही एक मात्र व्यक्ति हुन् जसले तपाईंलाई समर्थन गर्दछन् यदि हाम्रा अविभावकले गरेनन् भने पनि।

मलाई अझै ती दिनहरूको याद छ जब म मेरी सीता हजुरआमालाई भेट्न जान्थें । त्यसबेला उहाँ असाध्यै खुसी हुनुहुन्थ्यो । अनि सधैं मेरो अध्ययनका बारेमा सोध्ने गर्नुहुन्थ्यो। यद्यपि उहाँ मेरी आफ्नै हजुरआमा हुनुहुन्न तर उहाँ मलाई सधैं आफ्नो नातिजस्तो माया गर्नुहुन्थ्यो। उहाँ सधैं स्वादिष्ट खाना पकाउनुहन्थ्यो जब म उहाँका घरमा जान्थें। म उहाँको हाँसोलाई कहिल्यै भुल्न सक्दिनँ । उहाँ मसँग धेरै ठट्टा गर्नुहुन्थ्यो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँ हाम्रा सिप र प्रतिभामा सच्चा विश्वासी हुनुहुन्थो। उहाँ एक हुनुहुन्थ्यो जसले मलाई मेरो असफलताको समयमा मेरा सपनाहरू पछ्याउन मद्दत गर्नुभयो। यद्यपि मेरा केही सपनाहरु उहाँलाई अर्थ नलाग्न सक्छन् तर पनि उहाँले अझै ममाथि विश्वास गर्नुभयो। उहाँले सधैँ मेरो विश्वास बढाउन मद्दत गर्नुभयो जसले मेरो कामको बखत मलाई राम्रो प्रदर्शन गर्दछ। उहाँले मलाई धेरै महत्त्वपूर्ण पाठहरू सिकाउनुभयो जसले मलाई मेरो जीवनमा अधि बढ्न मद्दत गर्दछ।
‘सँधै सकारात्मक हुनू, कठिन परिस्थितिहरूमा पनि र हरेक दिन, आश्चर्यजनक कर्महरूका लागि तत्पर रहनू ।’ भनेर सिकाउनुहुन्थ्यो । उहाँ धेरै समस्याबाट गुज्रिनुभयो तर उहाँले कसरी सधैं खुसी हुने भनेर सिकाउने कोसिस गर्नुभयो।
‘कसैलाई पनि तिम्रो आनन्द चोर्न नदिनू । तिमी जहिले पनि आफ्नो अन्तर्ज्ञानको अनुसरण गर्नू। यदि एक व्यक्तिले तिमीसँग ठिक व्यवहार गर्दैन भने उसलाई छोड्न नडराउनू । परमेश्वरसँग कुरा गर्नू। सबै व्यक्तिहरूका लागि भलो बन्नू तर तिनीहरू तिमीप्रति असल छैनन् भने तिनीहरूलाई एक्लै छोड्नू ।’ भनेर उहाँले मलाई सम्झाइरहनुहुन्थ्यो । उहाँकै काम र व्यवहारका कारण मैले सबै महिलालाई इज्जत र सम्मान गर्न सिकेँ । आफू बुद्धिमान् बन्न र बुद्धिमान् मित्रको खोजी गर्न सिकेँ । वास्तवमै मैले उहाँबाट धेरै कुरा सिकेँ ।
लेखकको सम्वन्धमा