दुई मुक्तक
१
मैले भोगिसकेको छु नजिकबाट दूरबाट
कसैलाई रुवाउनु छ भने सिकोस् हजुरबाट
ए काल तैंले एकछिन पर्खेको भए तेरो के जान्थ्यो ?
छोरो रुँदै आमा भेट्न हिँडेको छ लाहुरबाट ।
२
म आफैँ झारिदिन्छु भित्ताको मेरो तस्बिर
अब ढुङ्गा निकाल्न छोड्नुस् घरको सुरबाट
समयले मलाई नौटङ्की बनायो, नालायक बनायो
म पनि अर्जुन थिएँ निस्कनुअघि हस्तिनापुरबाट ।
प्रतिकृया दिनुहोस्