संस्कृत भाषाको महत्त्व
भूमिका
संस्कृत भाषा सम्पूर्ण भाषाहरूकै जननी भाषाका रूपमा लिइन्छ । ‘वैदिक’ संस्कृतबाट नै संस्कृत भाषाको उद्भव अनि विकास भएको हो । वैदिक संस्कृत, जुन वेदमा उल्लिखित छ, त्यो जटिल छ । सर्वसाधारणले बोल्न र बुझ्न संस्कृत भाषामा सकिन्छ । पहिले दैनिक कार्यमा संस्कृतकै प्रयोग हुनेगर्थ्यो । यद्यपि वर्तमान समयमा संस्कृत भाषा त्यसरी व्यवहारमा छैन, जति अन्य विभिन्न भाषाको प्रयोग हुन्छ । यसो भए तापनि आज विश्वमा जति संस्कृत सभ्यताहरू छन् ती सबैको व्याख्या र महत्त्व संस्कृत भाषामा नै भएको भनी प्रायः जनमानसमा त्यही छाप परेको छ । ज्ञान विज्ञानका क्षेत्रमा होस् अथवा अन्य कुनै पनि क्षेत्रमा ठुलाठुला काम संस्कृत भाषाबाट नै भएको भन्ने विद्वान्हरूको मत छ । धेरै सिद्धान्तहरूको आविस्कारको स्रोत नि संस्कृत नै हो । जुन सिद्धान्तहरू जनकल्याणका लागि पर्याप्त छन् । संस्कृत भाषा त समष्टि मानव जातिकै एक अमूल्य निधिका रूपमा रहेको छ । यति धेरै महत्त्वपूर्ण निधिहरूको भण्डार संस्कृत हुँदा यसको महत्त्व बुझ्न सहजै सकिन्छ ।
वैदिक वाङ्मयको संस्कृत
कुनै पनि भाषाको महत्त्व दुई तथ्यहरूका आधारमा रहेको मापन गर्न सकिन्छ । दुई तथ्यमध्ये एउटा त यो हो कि उक्त भाषा कस्तो छ ? अर्को वाङ्मय (भाषा) स्वयम्मा कस्तो छ ? यसरी कुनै पनि भाषाको प्रतिपादन गर्ने र धारणा गर्ने गरिन्छ । यी दृष्टिबाट हेर्दा संस्कृत भाषाको महत्त्व स्वतः स्पष्ट हुन्छ । संस्कृत भाषा आफैँमा व्यापक र विसाल छ । यहाँ ज्ञान र विज्ञान प्रत्येक क्षेत्रमा प्रकाशमान् छ । ज्ञानको भाषा, भावको भाषा दुवै प्रकारबाट उत्कृष्ट छ । विश्वभरिकै भाषाहरूमध्ये सबैभन्दा प्राचीन वाङ्मयका रूपमा संस्कृत भाषा नै भएको विश्वभरिका विद्वान् पनि मान्दछन् ।
अन्य ज्ञानका रूपमा संस्कृत
वेद विश्वकै प्राचीनतम वाङ्मय हो । वेदका चार अङ्गहरू छन् । वर्तमान मानव समूदाय धार्मिक, दार्शनिक, वैज्ञानिक, आर्थिक भावनाहरूको वर्णन गरेको छ । वेद वाङ्मयका तुलनामा यस्तो वर्णन विश्वका अन्य भाषामा पाइन्न । यसले मानव संस्कृतिको स्वरूपलाई वर्णन गरेको छ । वैज्ञानिक तथ्यहरू पनि वेदबाट नै विकसित भएका हुन् । अध्यात्म तत्वको ज्ञानको आनन्दमय धारा प्रवाहित गरेको छ । जुन धाराले सदैव जिज्ञासुहरूले ठुलो शान्ति प्राप्त गरेका छन् ।
पुराण इतिहासहरूका रूपमा संस्कृत
वैदिक वाङ्मयपछि अन्य धर्मशास्त्र, दर्शनशास्त्र, व्याकरणशास्त्र आदिका साथै निरुक्त, ज्योतिष, आयुर्वेद आदिको सूक्ष्मातिसूक्ष्म तत्वहरूको व्याख्या संस्कृत भाषामा नै प्राप्त हुन्छ । पुराण, इतिहास, राजनीति, भूगोल, समाजशास्त्र आदि अनेक विषयको व्याख्या संस्कृतबाट नै निसृत भएको हो । अतः यी सबैको समन्वय हुँदा संस्कृत व्यापक र विसाल भएको मानिन्छ ।
वर्णमालाका आधारमा संस्कृत भाषाको महत्त्व सानो छैन । वर्णमाला र तिनको उच्चारण विधिको वैज्ञानिक विश्लेषण संस्कृतमै छ । शब्दहरू व्युत्पादनशील छन् । शब्दको व्युत्पादनलगायत वर्णविन्यास प्रक्रिया आदिमा संस्कृतको आफ्नै नियम छ । यो विशेषता नै हो । हाम्रो नेपाली भाषाका वर्णमाला, शब्द व्युत्पादन प्रक्रिया सबै संस्कृतकै रीतिअनुरूप हुन्छन् । व्याकरणात्म्क अध्ययन संस्कृतकै आधारमा निहित छन् । शब्दभण्डारको कमी छैन संस्कृतमा । हाम्रो नेपाली भाषामा शब्दभण्डार प्रशस्त हुनु संस्कृतकै देन हो । संस्कृत नेपालीलगायत एसिया महादेशमा रहेका जति पनि भाषा छन् ती सबै भाषाको उद्गम स्थल हो । संस्कृत जननी जनक भाषा हो । यसको नियम आफ्नै छ तर राजमार्गजत्तिकै फराक छ । तुलनात्मक भाषाविज्ञानको आरम्भ पनि संस्कृतबाट र विकास पनि यसैबाट भएको छ । संस्कृत मधुर छ । यसका श्लोक गाउँदा आनन्दोद्भव हुन्छ । जुन छन्द विधान संस्कृतमा छन् त्यही छन्दअनुसार रचिएका नेपाली भाषाका रचना गाउँदा त्यति नै आनन्द हुन्छ । संस्कृतले आफ्नै मधुरतामा आध्यात्मिक शान्ति प्रदान गर्दछ ।
राष्ट्रिय महत्त्वका रूपमा संस्कृत भाषा
माथि उल्लेख गरिएको आधारबाट संस्कृत भाषाको विश्वव्यापी महत्त्वबारे जानिन्छ नै संस्कृत वेद वाङ्मयपरक प्राचीनतम स्वरूपलाई प्रस्तुत गर्ने भाषाको रूपमा रहेको हाम्रो संस्कृति सभ्यता, धर्मकर्म यसैमा निहित छ । मानव संस्कृतिका दृष्टिले नि यसो भन्न अत्युक्त नहोला कि सबै तथ्यहरूको आश्रय संस्कृत भाषा नै हो । अहिलेका विभिन्न भाषा संस्कृतकै आधारमा आधारित छन् । नेपाली भाषा त संस्कृतपरक नै छ । यदि संस्कृत नहुने हो भने हाम्रो भाषा त निर्जीव हुन्छ । यस प्रकारको विशेषता हुँदा अहिले नै संस्कृतको पठनपाठन, अध्ययन, मनन अति आवश्यक छ ।
लेखकको सम्वन्धमा