सामुदायिक विद्यालय अभिभावक सङ्घको काठमाडौँ जिल्ला अधिवेशन सम्पन्न


काठमाडौँको चाबहिल गणेशस्थाननजिकै एस्.भी. एकेडेमीमा सामुदायिक विद्यालय अभिभावक सङ्घको दोस्रो जिल्ला अधिवेशन भाद्र २१ गते सम्पन्न भएको छ ।

सङ्घका का.वा. अध्यक्ष श्री बासुदेव अधिकारीको अध्यक्षता एवम् सङ्घका केन्द्रीय अध्यक्ष श्री रामप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेशनको कार्यक्रम सचिव सुशिला खतिवडाले सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथिद्वारा उद्घाटन गरिएको कार्यक्रममा सदस्य गीता शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रममा आमन्त्रित अतिथिहरू श्री बाबुलाल भण्डारी (पूर्व प्र.अ), डा. के.बी सम्राट (के. स), श्री रामहरी दाश श्रेष्ठ (पूर्व जि.शि.अ तथा शिक्षा विभागका महानिर्देशक), श्री शशिकला सुवेदी (के.स) समेतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो भने उद्घाटन मन्तव्यसहित कार्यक्रमका प्रमुख अतिथि तथा सङ्घका केन्द्रीय अध्यक्ष श्री रामप्रसाद न्यौपानेले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष श्री वासुदेव अधिकारीले आफ्नो छोटो मन्तव्यसहित वन्दसत्र (दोस्रो सत्र) को कार्यक्रम प्रस्तुत गर्दै प्रथम तथा उद्घाटन सत्र समापन गर्नुभएको थियो ।

दोस्रो सत्र सञ्चालन गर्ने जिम्मेवारी सङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपानेलाई तोकिएअनुसार उहाँले अध्यक्ष मण्डल र निर्वाचन मण्डलको भूमिका निर्वाह गर्नुभयो । उक्त सत्रमा विधानसम्मत बासुदेव अधिकारीको अध्यक्षतामा १८ सदस्यीय काठमाडौँ जिल्ला समिति सर्वसम्मत चयन गरी नामावली घोषणा गरियो साथै काठमाडौँ महानगरपालिकाको तदर्थ समिति र १० ओटा नगरपालिकाको संयोजकसमेत चयन गरियो।

सम्पूर्ण विजयी पदाधिकारी एवम् सदस्यहरूलाई केन्द्रीय सदस्य शशीकला सुवेदीले खादा र अबिर लगाई बधाई दिनुभयो भने नवनिर्वाचित समितिका तर्फबाट अध्यक्ष वासुदेव अधिकारीले प्रतिबद्धता मन्तव्य प्रस्तुत गर्नुभयो भने केन्द्रीय अध्यक्ष न्यौपानेले विजयी टिमलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिई कार्यक्रम समापन गर्नुभयो ।
प्रतिकृया दिनुहोस्