दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान र पुरस्कारको घोषणा

काठमाडौँ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको हालै बसेको कार्यसमितिको बैठकले २०८२ सालका पुरस्कार र सम्मानका निम्ति प्रतिभाहरूको चयन गरेको छ । प्रतिष्ठानले दायित्व वाङ्मय विशिष्ट सम्मान कवि रमेश खकुरेल (काठमाडौँ) र समालोचक प्रा.डा. गार्गी शर्मा (काठमाडौँ) लाई तथा दायित्व वाङ्मय सम्मान साहित्यकारद्वय मधुसूदनप्रसाद घिमिरे (काठमाडौँ) र जीवनपानी (स्याङ्जा) लाई समर्पण गर्ने निर्णय गरेको छ ।
यसैगरी दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कार (रु. बिस हजार) हरि मञ्जुश्री (काभ्रेपलाञ्चोक, दायित्व सीता पन्त स्रष्टा पुरस्कार (रु. पन्ध्र हजार) रीता न्यौपाने पहारी (कास्की) र हरिकला-गुणाकर दायित्व रचना पुरस्कार (रु. पन्ध्र हजार) सरिता अर्याल (काठमाडौँ) लाई समर्पण गर्ने निर्णय गरिएको छ । उपर्युक्त सम्मान तथा पुरस्कारहरू दायित्व वाङ्मय प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा २०८२ ज्येष्ठ १० गते शनिबार काठमाडौँमा एक विशेष समारोहको आयोजना गरी समर्पण गरिने छन् ।
– यादव भट्टराईद्वारा संप्रेषित

प्रतिकृया दिनुहोस्