‘मेरो पुण्य मुटु’ सार्वजनिक

काठमाडौँ– लोकप्रिय गायिका गीता पाण्डेको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत ‘मेरो पुण्य मुटु’ https://www.youtube.com/watch?v=tMNJvdW3iFw सार्वजनिक भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका मुकुन्द राज शर्माले गीतको शब्द र मणिकमल छेत्रीको सङ्गीतमा रहेको प्रस्तुत गीतमा भावनात्मक सम्बन्धलाई गीति रूप दिइएको छ ।
गीत मूलतः साङ्गीतिक प्रस्फुटन भएकाले यस गीतकी गायिका पाण्डेको प्रस्तुतिगत शिल्प र युगीन चिन्तनले हरेक पिँढीका श्रोतालाई चपक्क समातेको छ । यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ । साथै प्रस्तु गीतले नयाँ तरङ्ग ल्याएको छ । यसले नेपाली सङ्गीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम, अनुभूति र भावनालाई समेट्ने शैलीमा तयार पारिएको छ ।
गीतको सङ्गीत संयोजन पवन वाङ लामाले गरेका छन्, भने किशोर थापाले गीतको मिक्सिङ र मास्टरिङको जिम्मेवारी निर्वाह गरेका छन् ।
भिडियोतर्फ, गीतको निर्देशन पूजा ठकुरीले गरेकी छन् । भिडियोमा गीता पाण्डे, मुकुन्द राज शर्मा साथै हरि राम पौडेलको अभिनय देख्न सकिन्छ । अजय रेग्मीले भिडियोको छायाङ्कन गरेका छन् भने बिनोद बमले सम्पादनको भूमिका निर्वाह गरेका छन् ।

प्रतिकृया दिनुहोस्