तिमी मेरो मनको …

तिमी मेरो मनको अग्रभागमा बसेकी छौ
आऊ न आऊ जिन्दगीका पानाहरू जोडने छौ
म तिम्रो प्रेमी हुँ रहिरहने छु, प्रेम गर्छु, गरिरहने छु
हाँस्दा पनि तिम्रै लागि हाँसेको हुने छु
तिमीलाई सम्झेर केही शब्द शृजना गर्ने छु
तिम्रो घुम्टाे खोली, सम्मान दिएर सँगै रहने बाचा गर्दछु
शब्द शब्दमा पनि तिमीलाई नै पोख्न मन लाग्छ
जिन्दगीका सबै कथाहरू लेखौँ लेखौँ लाग्छ
सुनौलो अक्षरले भरेर इतिहास कोर्न लागिरहने छु
सधैँ साथ दिने बाचा पूरा गर्न आउने छु
मायाको नसामा भुलेको हुने छु
रात कटाउन तिमीलाई चिठी लेख्दै बसेको छु
तिमीबिना यो जिन्दगी सारा अधुरो नै लाग्छ
तिम्रो साथले मेरो जीवन सफलतातिर जान्छ ।
लेखकको सम्वन्धमा