May 20, 2025, Tuesday
२०८२ जेष्ठ ७, मंगलवार

मेरो र उसको नाता

एउटै सिक्काका दुई पाटा भए जस्तै थियो
मेरो र उसको नाता
तर उसले बिस्तारै पाटा बदल्दै गयो
आफू हुँदै अर्कोलाई छोड्दै गयो
उसको नि थोरै स्वार्थ आउँदै गयो
अनि एकलाई छोड्दै गयो 
अरू सिक्काका पातालाई हेर्दा गयो
किन भने, एक पाता नहुँदा अर्को सिक्काको 

पाटालाई जोडिन्छ ।
केही गुमाए जस्तै, केही हराए जस्तै गयो
फेरि थाहा पाएँ मसँग थियो नै के र !
कस्तो यो चलन आफू भए अर्काको ख्यालै नगर्ने
आफू खुसी हुँदा अरूको माया हेर्दा नि नहेर्ने ।

एक पाटाले भन्यो –
कस्तो राम्रो लाग्थ्यो त्यो बेला तर त्यो आकर्षण थियो
तिमीले छोडेपछि कुनै पाटउ राम्रो नै लागेन 
त्यो मेरो वास्तविक प्रेम थियो ।

आफू अर्कै सिक्कातिर जुद्‍दै गयो
एक भागलाई घस्रिँदै, सताउँदै गयो
पछि एक्लै पारेर, अर्कासँगै नयाँ बन्दै गयो
अनि अर्का पातालाई मार्दै, सजाय दिँदै गयो
मेरो र उसको नाता हराउँदै गयो, हराउँदै गयो ।