सामुदायिक विद्यालय अभिभावक सङ्घ, केन्द्रीय सचिवालयको बैठक सम्पन्न
२०८१ आषाढ ४ गते
सामुदायिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष श्री रामप्रसाद नेउपानेको अध्यक्षता र पदाधिकारीहरूको उपस्थितिमा भक्तपुरको गठ्ठाघरमा सचिवालयको बैठक बस्यो ।
बैठकले २०८१ साल ज्येष्ठ १३ गते शिक्षा मन्त्री सुमना श्रेष्ठद्वारा स्वीकृत गरिएको “शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ लाई स्वागत गर्नुका साथै सङ्घको प्रदेश, जिल्ला र स्थानीय तहका पालिकाहरूमा सङ्गठन विस्तार गर्दै गठन तथा पुनर्गठन गर्ने र समितिहरू निर्माण गर्दै जाने निर्णय गर्यो ।
श्रावण २६ गते शनिवार केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णयसमेत गर्दै आजको बैठक समापन गरियो ।
प्रतिकृया दिनुहोस्