July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार

मिल्दैन र ?

सुरुमा तिमी आए जसरी
फेरि आउन मिल्दैन र ?
पहिलो पल्ट भेटे जसरी
फेरि भेट्न मिल्दैन र ?

नभेटेर नै बसेको थियो
तिम्रो मेरो पहिलो माया
त्यसरी नै अब फेरि हाम्ले
माया गर्न मिल्दैन र?

यो जुनि मात्र होइन
हरेक जुनी सँगै हुनी
खाएको कसम सम्झी
फेरि सँगै हुन मिल्दैन र ?

विगतका मेरा दुःखसँग
लड्न सिकाएको तिम्ले
अहिले आएका सुखमा
हामी सँगै रम्‍न मिल्दैन र ?

तिमी भाग्यलाई दोष दिई
किन पछि हट्छौ प्रिय !
छुटाउने भाग्यलाई हामी
दुई मिली फेर्न मिल्दैन र ?

सुरुमा तिमी आए जसरी
फेरि आउन मिल्दैन र ?
पहिलो पल्ट भेटे जसरी
फेरि भेट्न मिल्दैन र ?