January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

आशाका समसामयिक पाँच साइनो

एक
सालिन त्यो तस्बिर
ढुकढुकीमा छ बास
हेर्दा मुसुक्क हाँसिदिन्छ।

दुई
जिउँदो भगवान्
आमाबाको आशीर्वाद
अमूल्य धन हो मलाई ।

तीन
गयो शिशिर अब
घुम्टो उघारी रहेछ
वसन्तले बहार ल्याएर। 

चार
आमा बिलौनामा छिन्
सुनसान बन्यो गाउँ
छोरी मुग्लान पसेकी छ।

पाँच
डाँडामा घाम लाग्दा
भिरपाखामा हर्ष छ
लडिबुडी खेल्छे प्रकृति।