June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३१, बिहीबार

सामुदायिक विद्याल अभिभावक सङ्‍घको राष्ट्रिय परिषद् बैठक

सामुदायिक विद्याल अभिभावक सङ्‍घको राष्ट्रिय परिषद् बैठक तथा पाँचौ साधारण सभा भक्तपुरको सिद्धपोखरी पार्टी प्यालेसमा सम्पन्न भयो ।


सङ्‍घका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता र सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भानुभक्त जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सङ्‍घका महासचिव बद्रीप्रसाद तिवारीले. सञ्‍चालन गर्नुभयो ।

उपाध्यक्ष मदनकृष्ण श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विशिष्ट अतिथि, अतिथिहरूले शुभकामना मन्तब्य प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सङ्‍घको साङ्‍गठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको थियो भने समाजसेवी कैलाशभक्त प्रधानाङ्‌ग, दुगादेवी मैनाली र सिद्धपोखरी पार्टी प्यालेसका सञ्चालक शिवप्रसाद हयोजुलाई सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष न्यौपानेद्वारा सम्पूर्ण सहभागी हरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।