म थाकेको मान्छे
पाइला पछि सर्दै छ थाहा छैन कहाँ पुग्ने हो
अन्तिम त्यो बाटो कहाँ गएर टुङ्गिने हो…(२)
आँसु नि मलाई चोट नि मलाई दुःख सबै मलाई
संसारको बोझ म आफन्तको पराई…(२)
उडेको पंक्षी म थाकी तल खसेँ नि
उड्नै नसक्ने मैले हरेश खाए नि…(२)
बुढेसकालको शेर म सिकार गर्न सकिनँ
जङ्गलको शासन पूरा गर्न सकिनँ…(२)
फक्रिएको फूल म झरी गइसकेला
कहिले नफुल्ने जीवन मरुभूमि झैं होला… (२)
लेखकको सम्वन्धमा