आयुर्वेद चिकित्सा

चिकित्साका मुख्य रूपमा दुई प्रकार हुन्छन् । ती आयुर्वेदिक चिकित्सा र एलोप्याथिक चिकित्सा हुन् । वर्तमान समयमा मानिसहरूले आयुर्वेदिक चिकित्सालाई बढी उपयोग गर्ने गरेका छन् । आयुर्वेद शब्द ‘आयुष’ अर्थात् जीवन र ‘वेद’ अर्थात् ज्ञान शब्द मिलेर बनेको हो । यसरी हेर्दा आयुर्वेदको शब्दिक अर्थ जीवनको ज्ञान हो । जीवनको सार बुझेर मानव शरीरमा रोग लाग्न नदिन वा रोग लाग्नुपूर्व अपनाउनुपर्ने खानपान र रहनसहनगत सावधानीमा रहन मद्दत गर्ने विज्ञानका साथै विभिन्न जडीबुटीका सहायताले रोगलाई अन्त्य गर्ने विज्ञानका रूपमा आयुर्वेद चिकित्सालाई वर्णन गर्न सकिन्छ।
आयुर्वेद चिकित्साका विभिन्न सकारात्मक पक्षहरू देख्न पाइन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा एलोप्याथीमा झैँ रसायनको प्रयोग हुँदैन । विविध जडजुटीहरूको प्रयोगबाट रोगको अन्त्य गर्ने हुँदा यसका धेरै पार्श्वप्रभान हुँदैन । यसका साथै यो चिकित्सा पद्धतिले रोगलाई पूर्ण रूपमा निर्मूल गर्छ र पछि बल्झने सम्भावना कम हुन्छ । यो चिकित्सा पद्धति कम खर्चिलो हुनाका साथै उपचारका लागि धेरै उपकरणको आवश्यकता पर्दैन ।
सकारात्मक पक्षका साथै आयुर्वेद चिकित्साका केही नकारात्मक पक्षहरू पनि देख्न पाइन्छ । कुनै पनि दुर्घटनामा परी अङ्गभङ्ग भएको खण्डमा आयुर्वेद चिकित्सा उपयुक्त हुँदैन । यसका साथै हृदयाघात, पक्षाघात आदि रोगबाट पीडित बिरामीलाई यो पद्धति खासै काम लाग्दो हुँदैन । यसका अतिरिक्त, यो चिकित्सा पद्धतिमा रोगको उपचारका लागि लामो समय लाग्छ । यी सीमाहरूका कारण आयुर्वेद चिकित्सा केही हदसम्म अनुचित हुन सक्छ ।
अन्ततः आयुर्वेद चिकित्साका दुवै सकारात्मक तथा नकारात्मक पक्षलाई मध्यनजर गर्दै यसको उपयोग गर्नुपर्छ । नेपाली सभ्यताबाट उत्पन्न आयुर्वेद चिकित्साको वर्तमान समयमा लोकप्रियता बढेसँगै हामीले यसको उचित प्रवर्धन गर्नुपर्छ ।
लेखकको सम्वन्धमा