May 14, 2025, Wednesday
२०८२ जेष्ठ २, बिहीबार

आइफोन

श्रीमान्‌हरू
परदेशमा 
बेल्चा चलाउँछन् 
श्रीमतीहरू 
स्वदेशमा 
आइफोन चलाउँछन् l 

हुन त 
स्वदेशमै 
बेल्चा चलाए पनि 
हुने हो लाठेहरूले l 

तर कठै ! 
श्रीमतीहरूले 
आइफोन चलाउन 
कहाँ पाउँछन् ??