February 27, 2024, Tuesday
२०८० फाल्गुन १५, मंगलवार

कहाँ छन् कालापानी, लिपुलेक…

कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा ?
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता  
देशको स्वाभिमानलाई जोगाउनु छ    
यहाँ देशको रक्षा गर्नु छ

चिच्याउँछन्, रुन्छन् पहाड, पर्वतले धेरै प्रश्न गर्छन्
कता गयौ वीर योद्धाहरू खोजी गर्न सक्छन्
लिपुलेक हाम्रो हो, फिर्ता ल्याउनुपर्छ  
कालापानी हाम्रो मुटु हो बचाउनु छ

कालापानीको आफ्नो कथा छ
यी पहाड, हिमश्रृखलाले देशलाई चिनाउँछन्
लिपुलेक र लिम्पियाधुरा कालापानी हाम्रै हो
यी आँखाले हेर्न खोजेको उनलाई नै हो

कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा ?
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता ।