January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

को हौ तिमी ?

रातमा सम्झिन्छु
दिनमा सम्झिन्छु
बिपनीमा सम्झिन्छु
सपनीमा सम्झिन्छु।
आखिर को हौ तिमी ?
जसलाई म हरपल सम्झिन्छु ।

सुखमा सम्झिन्छु
दुःखमा सम्झिन्छु
हाँसोमा सम्झिन्छु
आँसुमा सम्झिन्छु
आखिर को हौ तिमी ?
जसलाई म हरपल सम्झिन्छु ।

उठ्दा सम्झिन्छु
चुठदा सम्झिन्छु
खाँदा सम्झिन्छु
गोठालो जाँदा सम्झिन्छु 
आखिर को हौ तिमी ?
जसलाई म हरपल सम्झिन्छु ।

रुँदा सम्झिन्छु
एक्लै हुँदा सम्झिन्छु
भोकमा सम्झिन्छु
निदमा सम्झिन्छु
आखिर को हौ तिमी ?
जसलाई म हरपल सम्झिन्छु ।

अरूलाई नसम्झिए पनि
तिमीलाई सम्झिन्छु
आफैँलाई बिर्सिएर
तिमीलाई सम्झिन्छु
आखिर को हौ तिमी ?
जसलाई म हरपल सम्झिन्छु ।