July 31, 2026, Friday
२०८३ श्रावण १५, शुक्रबार

तिमी हाँस्दा…

तिमी हाँस्दा मेरो मुस्कानमा खुसी आउँछ
दुःखपछि सुखका दिनहरू जिन्दगीमा आउँछ
सुखका दिनहरू सधैँ सँगै बिताउँला
सयौँ जुनी सधैँ साथमा बसौँला ।

तिमी मेरो भाग्यमा छौ त्यसैले आसा गर्छु
बाँचुन्जेल यहाँ तिमीलाई साथ दिने छु
सधैँ हाँसेर बाच्‍नु है मनमा खुसी लिएर
साथ छोड्ने छैन मैले बस्‍ने छु सधैँ साथमा रहेर । 

तिमीसँग ठट्टा गर्ने बानी नै भइसक्यो
सधैँ मन खुसी राख्‍न साथमा रहनुपर्‍यो
तिमी आइदेऊ मेरो जीवनको ज्योति बनेर
अरू केही चाहिँदैन बसौँ सधैँ साथमा रहेर ।