तिमी हाँस्दा…

तिमी हाँस्दा मेरो मुस्कानमा खुसी आउँछ
दुःखपछि सुखका दिनहरू जिन्दगीमा आउँछ
सुखका दिनहरू सधैँ सँगै बिताउँला
सयौँ जुनी सधैँ साथमा बसौँला ।

तिमी मेरो भाग्यमा छौ त्यसैले आसा गर्छु
बाँचुन्जेल यहाँ तिमीलाई साथ दिने छु
सधैँ हाँसेर बाच्‍नु है मनमा खुसी लिएर
साथ छोड्ने छैन मैले बस्‍ने छु सधैँ साथमा रहेर । 

तिमीसँग ठट्टा गर्ने बानी नै भइसक्यो
सधैँ मन खुसी राख्‍न साथमा रहनुपर्‍यो
तिमी आइदेऊ मेरो जीवनको ज्योति बनेर
अरू केही चाहिँदैन बसौँ सधैँ साथमा रहेर ।