February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

‘प्रवासी मन’ सार्वजनिक गरियो

२०८० मङ्‌सिर ५ गते
नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले आयोजना गरेको एक कार्यक्रममा साहित्यकार प्रतिमा के.सी. ‘प्रवासी’ को मुक्तक सङ्ग्रह ‘प्रवासी मन’ सार्वजनिक भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोन्‍नेको अध्यक्षता रहेको उक्त कार्यक्र प्रमुख अतिथिका रूपमा उपस्थित वरिष्ठ साहित्यकार उषा शेरचनले पानसमा बत्ती बाली उद्घाटन गर्नुभयो । 

मुक्तककार प्रतिमा के.सी. लामो समयदेखि बेलायतमा बसोबास गर्दै हुनुहुन्छ । उहाँले रचना गर्नुभएको तीन सय एघार पृष्ठको ‘प्रवासी मन’ मा एक हजार एक सय बाह्र मुक्तक सङ्ग्रहित छन् ।

नेपाल मुक्तक प्रतिष्ठानका महासचित यादव भट्टराईले सञ्चालन गर्नुभएको कृति लोकार्पणको उक्त कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, मदन नेपाल, बम बहादुर थापा जिताली, शुनिल अधिकारी, वासुदेव अधिकारी, रमेश पौडेललगायत सयौँ सर्जक तथा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो।

नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित उक्त कार्यक्रमका अध्यक्ष कोन्‍नेले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको जानकारी गराउनुभयो ।