December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

दश शाब्दिक कविता

एक

दयाशीलमा जननी
निर्दयतामा अग्नि
अनौठो प्रकृति । 

दुई

नाजुक साह्रो
जोगाउनै गाह्रो
मान्छेको स्वास्थ्य । 

तीन
गुनी वैगुनी
नखाई नहुने
पौष्टिक पकवान । 

चार
क्षणिक विलाप
विस्मृतिको गर्भमा
मृतक प्रेयसी । 

पाँच
भन्नेले भनुन्
सुन्नेले सुनुन्
एकसुरमा क्रियापुत्री । 


यस्तो दुःख त
शत्रुलाई पनि नहोस्
सर्वोच्च मानवतावादी प्रस्फुरण । 

सात
एकान्तमा विरहीको साथी
अभागी प्रेमीकाको साथ
गोधूलिमा माहाराको स्मृति । 

आठ
वमन गर्ने यात्रुलाई
श्रुतिगम्य सहज औषधी
मन्त्रमुग्ध गीत सङ्गीत । 

नौ
गृहिणीबिनाको घरै अँध्यारो
नारीबिनाको समाजै अँध्यारो
पत्नीबिना पतिदेव अपूरो । 

दश
कनकमुनिको बुद्धि सद्बुद्धि
बुद्धको बुद्धि कुशलबुद्धि
सबैलाई आवश्यक अर्तीबुद्धि।