May 14, 2025, Wednesday
२०८२ जेष्ठ २, बिहीबार

पाँच शाब्दिक कविता

एक
सहर आयो
सडक धायो
फुस्सा पायो ।

दुई
सरकारी चाल
नगल्दा दाल
भयो बेहाल ।

तीन
आफूले पाले
अरूले चाले
ढलमा हाले ।

चार
जानेको जति
नमान्दा अर्ती
भुसुक्कै खती ।

पाँच
उत्साह छैन
नजानेर हैन
नपाएर चैन ।