तिजका शाब्दिक कविता

शंकर कार्की

महिलाले खाने दर
हल्लिँदै आउछन् घर
भएन चाडपर्वको भर ।

कस्तो संस्कार चल्यो
पुरानो रीतिरिवाज ढल्यो
डिस्कोमा आगो बल्यो
हजुरआमाको बेला छल्यो ।

खादैनन दर रातमा
अचकालको चलन यस्तै
दिउसै बोतल हातमा। 

दरलाई साथी घिउ
बनाई राखौँ जिउ
परम्परा धान्ने निउँ
राम्रो सन्देश दिऊँ ।

सभ्य भब्य
आफ्नो संस्कृति
बचाऊँ तिज ।

मधुसूदनप्रसाद घिमिरे

जिउ रहे धिउ पिए
पहिला नि यस्तै थिए
अहिले बिकृति नै लिए
रक्सि परिकार नै पिए ।

भाेलिकाे व्रत निराहार
नवसी खानु फलाहार
चाेखाे जल दुध
नखाए हुनेछ बेकार ।

माइतीमा चेली
चमेली बेली
नाची खेली
नगर झेली ।

आज दर खाने
माइती मावली जाने
मिठाे मिठाइ खाने
अजीर्ण हुने नखाने ।

माइतिकाे दर
चेलिलाइ भर
रक्सीकाे दर
नबनाेस् जहर ।

अम्विका अधिकारी

तिज आयो रे
दर खायो रे
मनमनै मिठो सपना
देख्‍न पायो रे ।

सजियौ रातो सारीले
तिजको रमझम बरिलै
नाचेर हाँस बहिनी
आँसुले भिज्यो परेली ।

तिज रहर
भित्री सहर
शाब्दिक बन्दैछ
देशै फरर ।

सविता खत्री

तिज छ
चोखो मनमा
मेरो गाउँमा ।

रात्रिको दर
व्रतको भर
पञ्‍चमी पूजा
साडीका मुजा ।

शिव खनाल

समय परिवर्तित
इच्छा फरक
तिजको माहोल
नयाँ स्वरूप !

सोमनाथ दाहाल

कतिपयलाई अचेल
चल्छ दरैदर
कतिपयलाई सधैँ
व्रत निराहार !

उज्याला राम्रा
छन् तिजसरि
संस्कृति हाम्रा
अनेक थरी ।